नसर्ने रोग व्यवस्थापनलाई मध्यनजर गर्दै जनप्रतिनिधिलाई योगा र प्रणायाम – Kantipur Health

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र २०७९-०४-२० डाउनलोड

रत्ननगर, १७ जेठ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा जनप्रतिनिधिहरुलाई स्वस्थ जीवनशैली सिकाएको छ । कार्यालयले आजबाट प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई नसर्ने रोग व्यवस्थापनलाई मध्यनजर गर्दै योगा तथा प्रणायम शुरु गरेको हो ।

कार्यालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार सो अवसरमा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव पाठक, वडा नम्बर १ का अध्यक्ष कुलप्रसाद सापकोटा लगायतका जनप्रतिनिधिलाई योगा तथा प्रणायाम सिकाएको हो ।

योग प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म हुनेछ । अधिकारीका अनुसार अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) सम्म २१ दिन सिकाईने कार्यक्रम रहेको छ । केन्द्रले महिला स्वयंसेविका, शिक्षक लगायतका छुट्टाछुट्टै समूह बनाएर योग सिकाउने तयारी गरेको उहाँले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खनालले यस अस्पताललाई प्रादेशिक आयुर्वेदिक अस्पतालको अवधारणा अनुसार अघि बढाईएको बताउनुभयो । उहाँले थप सहजीकरण गरेर अस्पतालको स्तरोन्नतीमा लाग्ने बताउनुभयो ।

नगर प्रमुख सापकोटाले स्थानीय तहले गर्न सक्ने सहयोग अस्पताललाई रहने प्रतिबद्धताा व्यक्त गर्नुभयो । कार्यक्रम कार्यालय प्रमुख डा. अधिकारीको अध्यक्षतामा भएको हो ।

यसैबीच बागमती प्रदेश सरकारले रत्ननगरमै आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना समावेश गरिएको हो । आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्धन गर्न केन्द्र स्थापना गर्ने बताईएको छ ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर-१, चितवन , चितवन ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.